खोटाङमा किशोरी बलात्कृत, भोजपुरमा बालिका

खोटाङमा किशोरी बलात्कृत, भोजपुरमा बालिका

खोटाङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा ऐसेलुखर्क गाउँपालिका–१ का २७ वर्षीय भक्तबहादुर सुनुवार पक्राउ परेका छन् । 

उनले किशोरीलाई गत मंसिर २७ गते करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । अस्थायी प्रहरी पोष्ट राखावाङदेबाट खटिएको टोलीले हिजो बिहान सुनुवारलाई नियन्त्रणमा लिएको हो । 

उता भोजपुरमा पनि १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । षडानन्द नगरपालिका–१३, मुखिया टोल बस्ने ३१ वर्षीय सागर श्रेष्ठलाई प्रहरीले पक्रेको हो । 

उनीमाथि ती बालिकालाई गत मंसिर २८ गते साँझ स्थानीय कोदोबारीमा लगेर करणी गरेको आरोप लागेको छ । 

जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले हिजो दिउँसो श्रेष्ठलाई पक्रेको हो । हाल दुवै घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।

टिप्पणीहरू