भारतीय ट्रकमा झण्डै चार सय किलो गाँजा

भारतीय ट्रकमा झण्डै चार सय किलो गाँजा
सुन्नुहोस्

चितवनमा ठूलो परिमाणको गाँजा लुकाइएको भारतीय ट्रक फेला परेको छ । प्रहरीले भरतपुर महानगरपालिका–१, आँपटारीबाट तीन सय ८० किलो गाँजासहित दुई जनालाई आज बिहान पक्रेको जानकारी दिएको छ ।

पक्राउ परेकामा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र ३० वर्षीय राजपाल हुन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले जेएच–०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाएर लुकाएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको हो ।

२८ वटा पोकामा राखिएको उक्त गाँजा फेला परेपछि चालक अनिल र सहचालक राजपाललाई पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ 

टिप्पणीहरू