भारतीय गाडीमा राखेर ल्याएको चार क्विन्टल गाँजा चितवनबाट बरामद

भारतीय गाडीमा राखेर ल्याएको चार क्विन्टल गाँजा चितवनबाट बरामद
सुन्नुहोस्

प्रहरीले चितवनबाट ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले आज बिहान भरतपुर महानगरपालिका-१ आँपटारीबाट करिब ३ सय ८० किलो गाँजा बरामद गरेको हो । 

जेएच-०२ डब्लु ९६३१ नम्बरको भारतीय ट्रकमा राखेर वीरगंज नाका हुँदै नेपाल ल्याइएको सो गाँजासहित २ जना पक्राउ परेका छन् । समातिनेहरुमा भारतको सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र सोही ठाउँका ३० वर्षीय राजपाल रहेको प्रहरीले जनाएको छ । 

भारतबाट आएको उक्त ट्रकलाई जाँच गर्ने क्रममा अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाई छिपाई २८ वटा पोकामा राखेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू