१९ वर्षेको झोलामा नौ केजी गाँजा

१९ वर्षेको झोलामा नौ केजी गाँजा

काभ्रेपलाञ्चोकको धुलिखेलमा प्रहरीले नौ केजी गाँजा बरामद गरेको छ । हिजो दिउँसो १९ वर्षे युवकले भिरेको झोलाबाट उक्त परिमाणको गाँजा फेला परेको बताइएको छ । 

साँझको समयमा धुलिखेलको मयुर बसपार्क नजिकै उभिएका नमोबुद्ध नगरपालिका ९ का १९ वर्षे विश्वास मोक्तानको झोलामा गाँजा भेटिएको प्रहरीको दाबी छ । 

थप अनुसन्धानको निम्ति उनलाई हिजो साँझदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
 

टिप्पणीहरू