किर्ते गरेर सरकारी जग्गा हडप्नेलाई विशेषले छोडेपछि सर्वोच्चमा गुहार

किर्ते गरेर सरकारी जग्गा हडप्नेलाई विशेषले छोडेपछि सर्वोच्चमा गुहार
सुन्नुहोस्

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएको एउटा मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । 

विशेष अदालतबाट विभिन्न मितिमा भएका फैसलामध्ये एउटामा चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगका प्रवक्ता देवीप्रसाद थपलियाले गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेकोसम्बन्धी मुद्दामा पुनरावेदन गरिएको जानकारी दिए । 

सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा खोटाङका तत्कालिन नापी प्रमुख सियाकान्त चौधरी र मालपोत प्रमुख यदुनाथ दाहालसहित छ जनाविरुद्ध आयोगले मुद्दा दायर गरेको थियो । 

विशेष अदालतको गत जेठ २२ गतेको फैसलाले प्रतिवादीहरुलाई सफाई दिएपछि त्यसप्रति असन्तृष्टि जनाउँदै अख्तियारले सर्वोच्च गुहारेको हो ।

टिप्पणीहरू