बिचरा प्रहरी

बिचरा प्रहरी

ललितपुरको बालकुमारीमा दुई युवामाथि गोली चलाएको काण्ड अहिले चर्चामा छ । कोरिया जान प्रयास गरिरहेका युवा प्रदर्शन गरिरहेका थिए । त्यही बेला मन्त्रीको गाडी आइपुग्यो । त्यसमा प्रहार भयो, वा होलाजस्तो प्रहरीलाई लाग्यो ।

मन्त्री त्यहाँबाट हिँडेको २२ मीनेटपछि गोली चलाइहाल्यो । दुई युवाको मृत्यु भयो । अब प्रश्न उठिरहेको छ– प्रहरीले गोली चलाउन किन हतार ग¥यो ? गोली चलाउनुभन्दा अघि अरू केही उपाय गरिनुपथ्र्याे । जस्तोः माइकिङ गर्नुपथ्र्याे, पानी छाड्नुपथ्र्याे, टियर ग्यास हान्नुपथ्र्याे, लाठीचार्ज गर्नुपथ्र्याे । त्यस्तो केही पनि भएन । सीधा गोली नै प्रहार भयो । किन भयो ?

सही हो । गोली हान्नुअघि यी सबै प्रक्रिया पूरा गरिनुपथ्र्याे । त्यसपछि लास्टमा मात्र गोली हान्ने हो । तर, हान्ने भनेर के गर्नु, प्रहरीसँग यति धेरै साधन नै छैन । अरू निकायजस्तै प्रहरी पनि गरिब छन् । यो फोहोरा हान्ने, टियर ग्यास हान्ने, लाठी हान्ने सबै काम गर्न त प्रहरीसँग स्रोत साधन पनि हुनुप¥यो नि ! प्रहरीसँग त्यस्तो केही पनि छैन । जे छ बन्दुक मात्रै छ । त्यसैले चलाउने बन्दुकै मात्र हो । बन्दुक नहान्ने हो भने प्रहरीलाई स्रोत साधन त दिनुप¥यो नि ! होइन र ? 
 

टिप्पणीहरू