१४ वर्षीया बालिकाको पेटमा १८ हप्ताको गर्भ, सरकारी कर्मचारीसहित पाँच जनामाथि बात

१४ वर्षीया बालिकाको पेटमा १८ हप्ताको गर्भ, सरकारी कर्मचारीसहित पाँच जनामाथि बात

मुगुमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । उक्त आरोपमा नगर प्रहरीसहित पाँच जना पक्राउ परेका छन् । 

छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी ३० वर्षीय बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया र अन्य तीन जना बालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

घटनामा संग्लन अन्य तीन जना फरार छन् । कृषि विकास कार्यालय गमगढीका सवारी चालक ३० वर्षीय पदमबहादुर कठायतसहित तीन जना फरार भएका हुन् ।
बालिकाको पेटमा १८ हप्ताको गर्भरहेको खुलेसँगै घटना बाहिर आएको हो । बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो ।

चेकजाँचका क्रममा पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको थाहा भएको हो । सोधपुछको क्रममा बालिकाले आफूमाथि पटक–पटक बलात्कार भएको प्रहरीलाई सुनाएकी थिइन् ।

गत असोज १० गते बसन्तले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेको र त्यहाँ उनीसहित पदमबहादुर रोकायाले बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ । पीडित बालिकालाई स्थानीय एक संस्थाको संरक्षणमा राखिएको छ ।

टिप्पणीहरू