महिला करणी गर्ने कार्की फेला परे

महिला करणी गर्ने कार्की फेला परे

उदयपुरमा ४५ वर्षीया महिलामाथि बलात्कार भएको छ । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा कटारी नगरपालिका–८, बेलटार, मरुवाका ५० वर्षीय टंकबहादुर कार्की पक्राउ परेका हुन् । 

उनले ती महिलालाई घर नजिकैको पाखाबारीमा करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले हिजो दिउँसो कार्कीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसधान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू