ललितपुरको इमाडोलमा लागुऔषध कारोबार

ललितपुरको इमाडोलमा लागुऔषध कारोबार

प्रतिबन्धित औषधसहित ललितपुरमा एक युवक पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका–३, महर्जन चोक नजिकै बस्दै आएका सर्लाहीका २७ वर्षीय दिपेश जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट पाँच हजार छ सय टेनाड ट्याब्लेट, एक हजार तीन सय स्पासरेष्ट ट्याब्लेट, चार सय स्पास्मो ट्याब्लेट, ७५ एमजीको छ सय पीजीएबी ट्याब्लेट, सय एमजीको सात सय पीजीएबी ट्याब्लेट र छ सय ५० स्पास्पेन ट्याब्लेट बरामद गरिएको छ । 

पक्राउ परेका जैसवालमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

टिप्पणीहरू