घाँटी रेटेर किशोरको हत्या

घाँटी रेटेर किशोरको हत्या

रुकुम-पश्चिममा खुकुरीले हानेर एक किशोरको हत्या भएको छ । 

मुसीकोट नगरपालिका-११ काफलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले आज बिहान रोल्पा घर भएका १४ बर्षीय निर्मल डाँगीको हत्या गरेका हुन् । 

प्रहरीका अनुसार खुकुरी प्रहारबाट मुसीकोट नगरपालिका-११ कै ४१ वर्षीय सुकलाल पुन घाइते भएका छन् । चन्द्रबहादुरको आक्रमणबाट ती किशोरलाई बचाउन खोज्दा उनी पनि घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको र जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

दिदीको घरमा बसेर पढ्दै आएका थिए मृतक डाँगी लामो मुसीकोट नगरपालिका-६ स्थित बाल कल्याण माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत थिए ।

घटनाको कारण अझै पत्ता लागेको छैन । चन्द्रबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू