सयौंको उपचार गरेका नक्कली डाक्टर पक्राउ

सयौंको उपचार गरेका नक्कली डाक्टर पक्राउ

काठमाडौँमा एक जना नक्कली डाक्टर पक्राउ परेका छन् । नक्कली शैक्षिक प्रमाणपत्र बनाएर आफूलाई डाक्टर बताउँदै आएका सम्बुद्ध भट्टाचार्य आज बिहान पक्राउ परेका हुन् । 

विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय  भट्टाचार्यले नक्कली डाक्टर बनेर धौलागिरी पोलिक्लिनिकसमेत सञ्चालन गर्दै आएका थिए । 

उनले नक्कली शैक्षिक प्रमाण पत्र बनाएर काठमाडौंका विभिन्न क्लिनिकदेखि टिचिङ अस्पतालमा समेत काम गरेको तथ्य खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनले परिचय कार्डमा आफूलाई कन्सल्ट्यान्ट फिजिसियन देखाएका छन् भने आफ्नो योग्यता एमबिबिएस र एमडिजिपी रहेको पनि उल्लेख गरेका छन् । 

उनले नक्कली डाक्टर बनेरै अहिलेसम्म छ सयभन्दा बढी बिरामीको उपचार गरेको पनि प्रहरीले जनाएकोे छ । भट्टाचार्यमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
 

टिप्पणीहरू