गस्ती टोलीलाई देख्नासाथ बन्दुक छोडेर बेपत्ता

गस्ती टोलीलाई देख्नासाथ बन्दुक छोडेर बेपत्ता

प्रहरीले कालिकोटको जंगलबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । तिलागुफा नगरपालिका–९ स्थित शिवालय सामुदायिक वनबाट भरुवा बन्दुक बरामद भएको हो । 

अस्थायी प्रहरी पोष्ट चिलखायाबाट खटिएको गस्ती टोलीले हिजो साँझ उक्त बन्दुक बरामद गरेको जनाएको छ । 

गस्ती टोलीलाई देख्नासाथ अपरिचित व्यक्ति बन्दुक छोडेर फरार भएको प्रहरीको भनाई छ । फरार व्यक्तिको खोजी हुनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू