ललितपुरका नापी सर्वेक्षक घुससहित पक्राउ

ललितपुरका नापी सर्वेक्षक घुससहित पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादव घुससहित समातिएका छन् । 

सेवाग्राहीसँग घुस मागिरहेको अवस्थामा उनीसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो साँझ कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको हो । उनीहरु घुस रकम २ लाख ५० हजार नगदसहित पक्राउ परेको अख्तियारले जनाएको छ । 

पक्राउ पर्नेमा सर्वेक्षक यादवसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारी हुन् । जग्गा कित्ताकाट गरी लालपुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागेको गोप्य सूचना पाएपछि आयोगको टोली खटिएको थियो । 

उनीहरुले आपसी मिलेमत्तोमा यसअघि पनि सेवाग्राहीसँग घुस लिएको हुनसक्ने आयोगको प्रारम्भिक अनुमान छ ।

टिप्पणीहरू