झण्डै ३१ वर्ष कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी पक्राउ

झण्डै ३१ वर्ष कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी पक्राउ

चितवनमा प्रहरीले विभिन्न मुद्दामा फरार ४२ जनालाई विभिन्न मितिमा पक्राउ गरेको छ ।

जिल्ला अदालतको फैसलाबमोजिम धेरै वटा मुद्दामा कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेकालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले त्यसरी नियन्त्रणमा लिएका ४२ जना प्रतिवादीलाई हिजो र अस्ति पुनः अदालतमा उपस्थित गराएको थियो । 

उनीहरुले ३० वर्ष ९ महिना २५ दिन कैद र पाँच लाख २२ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू