जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कतारमा पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त कतारमा पक्राउ
सुन्नुहोस्

बलात्कार मुद्दाका एकजना फरार प्रतिवादी कतारबाट पक्राउ परेका छन् । जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएपछि सुनसरीका सेहमान खान समातिएका हुन् । 

उनलाई कतार एअरलाइन्सको उडान नम्बर क्युआर ६४४ मार्फत गएराति दोहाबाट काठमाडौं ल्याइएको र आवश्यक कारबाहीका लागि प्रहरीको अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखा लगिएको जनाइएको छ । 

जबरजस्ती करणीको मुद्दामा फरार भएपछि जिल्ला प्रहरी कार्यालय, सुनसरीले अन्तर्राष्ट्रियस्तरमा खोजतलास तथा पक्राउका लागि इन्टरपोल शाखालाई पत्र लेखेको थियो । शाखाको अनुरोधमा गत जनवरी १६ मा उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो ।
 

टिप्पणीहरू