दाङकी महिला लागुऔषध बोकेर चितवनमा

दाङकी महिला लागुऔषध बोकेर चितवनमा

चितवनमा लागुऔषध बोकेकी एक महिला पक्राउ परेकी छन् । दाङको लमही नगरपालिका–३ घर भई चितवनको भरतपुर महानगरपालिका–३ मा भाडामा बस्दै आएकी आश्रीता चौधरी पक्राउ परेकी हुन् । 

३२ वर्षीया चौधरीलाई अस्ति साँझ लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोठामा लुकाएर राखिएको सात सय ३५ एम्पुल लागुऔषध बरामद गरिएको हो । 

बूर्पिनोफिन इन्जेक्सन दुई सय ४४ एम्पुल, प्रोमेथ्राजिन हाइड्रोक्लोराइड इन्जेक्सन दुई सय ५१ एम्पुल र डायजेपाम इन्जेक्शन दुई सय ४० एम्पुल फेला परेको बताइएको छ । चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।
 

टिप्पणीहरू