सहकारीको लाखौं रकम चोरी

सहकारीको लाखौं रकम चोरी

झापाको एक सहकारीमा चोरी भएको छ । हल्दिबारी गाउँपालिका–४ बालुका खोलास्थित साना किसान सहकारी संस्थामा गएराती अज्ञात समूहले चोरी गरेको हो । 

संस्थाको मूल ढोकाको ताल्चा खोलेर भित्र प्रवेश गरि एक लाख ७५ हजार २३७ रुपैयाँ चोरी भएको बताइएको छ । प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति फेला परेका छैनन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

टिप्पणीहरू