सुन काण्डमा आरोपितको होटलमा प्रहरीको छापा, सञ्चालककी पत्नी फरार

सुन काण्डमा आरोपितको होटलमा प्रहरीको छापा, सञ्चालककी पत्नी फरार
सुन्नुहोस्

प्रहरीले ठमेलको पर्यटकीय होटलमा जुवा खेलिरहेको अवस्थामा पक्रेको झण्डै एक दर्जनको नाम सार्वजनिक गरेको छ । ६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनकी पत्नी अमला रोकाको होटलमा प्रहरीले हिजो छापा मारेर झण्डै १४ लाख रुपैयाँ, चार बुक ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

ठमेल, ज्याठास्थित होटल भियनाको कोठा नम्बर ६१२ मा जुवा खेलिरहेको अवस्थामा जोरपाटीका अरुण घिमिरे, काभ्रेपलाञ्चोकका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दिपक गुरुङ पक्राउ परेका हुन् । त्यसैगरी नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त, शंकर शाही, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेदनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङ पनि प्रहरी हिरासतमा पुगेका छन् ।

उनीहरुको साथबाट १३ लाख ६२ हजार पाँच सय रुपैयाँ र चार बुक तास बरामद भएको छ । जुवाडेहरुमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले बताएको छ । होटल सञ्चालक दावा पनि पुर्पक्षका लागि थुनामा छन् । पत्नी अमला फरार भएकाले प्रहरीले खोजी जारी राखेको छ ।

टिप्पणीहरू