वनमाराको घारीमा युवती बलात्कृत

वनमाराको घारीमा युवती बलात्कृत

भोजपुरमा १९ वर्षीया युवती बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा षडानन्द नगरपालिका–८, सेमिङका ५६ वर्षीय चुडाबहादुर कार्कीलाई प्रहरीले पक्रेको छ । 

कार्कीले गत सोमबार दिउँसो स्थानीय आहाले कुलोको वनमारा घारीमा पुर्याएर ती युवतीमाथि करणी गरेको बताइएको छ ।

इलाका प्रहरी कार्यालय, दिङ्लाबाट खटिएको टोलीले हिजो बिहान उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका कार्कीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू