नक्कली नोट दिएर कुखुराको सक्कली फुल किन्न खोजेपछि....

नक्कली नोट दिएर कुखुराको सक्कली फुल किन्न खोजेपछि....

सर्लाहीमा नक्कली नोटसहित एक दम्पती पक्राउ परेका छन् । मलंगवा– ३ को नगरपालिका चोकबाट स्थानीय नसारु खान र नसारा खातुन नक्कली नोट बोकेर कुखुराको फुल किन्न खोज्दा पक्राउ परेका हुन् ।

स्थानीयका अनुसार ती दम्पतीले हिजो राती चोकको एउटा पसलमा फुुल लिएपछि हजारको नोट पसलेलाई दिए । तर साहुजीले नोटमाथि शंका लागेपछि अर्को नोट दिन आग्रह गरेका थिए ।

ती दम्पतीले आफूसँग अरु नोट नभएको बताएपछि सामान्य विवाद सुरु भएको बताइन्छ । पसलेले नजिकैको प्रहरी चौकीलाई खबर गरेपछि उनीहरु अत्तालिएर भाग्न खोजेका थिए । स्थानीयले रोकेपछि प्रहरीले पक्रेको हो ।

उनीहरुको साथबाट हजारका अन्य दुई वटा नोट पनि बरामद भएको प्रहरीले जनाएको छ । दम्पत्ति दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको छ ।

टिप्पणीहरू