शासनमा सुशासन

शासनमा सुशासन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले भर्खरै एउटा निर्देशन जारी गर्नुभएको छ । त्यो हो, ट्रायल पास भइसकेकाहरूलाई लाइसेन्स दिनू । यो खास गरी ट्राफिक प्रहरीको लागि जारी निर्देशन हो । 

प्रधानमन्त्रीको यो निर्देशन देखेपछि थाहा भयो, देशको सुशासन कुन तहसम्म भासिइसकेको रहेछ । पहिले पहिले ट्रायल–स्रायल फेल भयो भने मन्त्री, प्रधानमन्त्रीलाई भन्न लगाएर लाइसेन्स लिने गरिन्थ्यो ।

ट्रायलमा फेल भएका वा ट्रायलै नदिएका मान्छे मन्त्रीमा जाने गर्थे । र, अलिकति धूपबत्ती बालेपछि लाइसेन्स पाइन्थ्यो । तर अहिले त ट्रायल फेल भएकाहरूको कुरा छोड्नुस्, पास भएकाहरूलाई लाइसेन्स दिन पनि प्रधानमन्त्रीले भन्नुपर्ने अवस्था आएको छ । हाम्रा मन्त्रीहरू खुबै सुशासनको कुरा गर्छन् । सुशासन कहाँ पुगिसक्यो भन्ने कुराको नमूना त यही होइन र ? 

अब पछि हेर्दै जानुस्, एसईई पास भइसकेका विद्यार्थीलाई सर्टिफिकेट दिन पनि प्रधानमन्त्रीले भनिदिनुपर्ने, पैसा तिरेर प्लेनको टिकट किन्न पनि प्रधानमन्त्रीको फोर्स चाहिने दिन नआउला भन्न सकिन्न । 

टिप्पणीहरू