माछा मार्न फालिएको जालमा कटुवा पेस्तोल

माछा मार्न फालिएको जालमा कटुवा पेस्तोल

बाराको सिम्रौनगढस्थित सार्वजनिक पोखरीबाट कटुवा पेस्तोल बरामद भएको छ । सिम्रौनगढ नगरपालिका–६ सतुवाहीस्थित पोखरीमा माछा मार्ने क्रममा भेटिएको पेस्तोल प्रहरीले बरामद गरेको हो । 

हिजो दिउँसो पोखरीमा माछा मार्ने क्रममा जाल फाल्दा पेस्तोल फेला परेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । लगत्तै ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले उक्त पेस्तोल बरामद गरेको बताइएको छ । 

यससम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू