छद्म भेषमा ठगी, चार करोड ऋण तिरेर ५० लाखको गाडी

छद्म भेषमा ठगी, चार करोड ऋण तिरेर ५० लाखको गाडी

वैदेशिक रोजगारीको नाममा युरोप पठाइदिने प्रलोभनमा छ सयभन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगेको आरोपमा एक जना समातिएका छन्। 

लामो समयदेखि विकास वाईवाको नाममा ठगी धन्दा चलाइरहेका ललितपुरका सुजन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनले बालाजुमा यूरो विङ्स एजुकेसन नामको कन्सल्टेन्सी सञ्चालन गरेर युवायुवतीलाई माल्टा, पोल्याण्ड, क्यानडा, क्रोसियालगायत मुलुकमा पठाइदिने भन्दै संगठितरुपमा ठगी धन्दा चलाएको पाइएको छ । 

प्रहरीका अनुसार तामाङले प्रतिव्यक्ति ५० हजारदेखि छ लाखसम्म लिएको अनुसन्धानबाट खुलेको छ । ठगीकै रकमबाट उनले चार करोड व्यक्तिगत ऋण तिरेको, बसुन्धारास्थित राप्ति मेनपावरमा ५० लाख बराबरको सेयर किनेको र ३५ लाख रुपैयाँमा हुण्डाईको क्रेटा गाडी खरिद गरेको तत्थय प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै, आफ्ना भाइ सुवास तामाङको खातामा साढे १५ लाख जम्मा गरेको, जलविद्युत सहकारीबाट लिएको १५ लाख ऋण तिरेको र पाँच लाखमा सुनको ब्रासलेटसमेत खरिद गरेका थिए ।  

विदेश पठाइदिने वाचा गरेर करोडौँ रकम उठाएपछि तामाङ फरार भएका थिए । उनीविरुद्ध ७० जनाले उजुरी दिएपछि वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको हो ।

आज सार्वजनिक गरिएका प्रहरीलाई उनीविरुद्ध मुद्दा दर्ता गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू