जुवाको खालबाट जेष्ठ नागरिक पक्राउ

जुवाको खालबाट जेष्ठ नागरिक पक्राउ

राजधानीको एउटा जुवाको खालबाट डेढ दर्जन जुवाडे समातिएका छन् । 

लाजिम्पाट नजिकैको रानिबारीस्थित कृष्ण सिलवालको घरमा जुवा खेलिरहेको अवस्थामा तारकेश्वरका ६० वर्षीय मधुप्रसाद सिटौलासहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले हिजो उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । जुवाडेको साथबाट ९५ हजार ७१० रुपैयाँ नगद र आठ बुक तास बरामद भएको जनाइएको छ ।
 

टिप्पणीहरू