क्यासिनो प्यालेसमा पस्यो प्रहरी

क्यासिनो प्यालेसमा पस्यो प्रहरी

जिल्ला प्रहरी परिसर, काठमाडौंले दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ । हिजो बेलुका अनलाइनमार्फत सट्टेबाजी गरेको भन्ने विशेष सुराकीका आधारमा खटिएको टोलीले झण्डै एक दर्जनलाई पक्राउ गरेको छ । 

पक्राउ परेकामध्ये तीन जना भारतीयमाथि मुद्दा चलाउने तयारी भइरहेको परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले बताए । पक्राउ परेकाहरुको साथबाट विभिन्न मुलुकका रकमसमेत फेला परेको उनले जानकारी दिए । 

उनले भने,‘पक्राउ त धेरै परेका छन् । तर,तीन जनामाथि मात्र मुद्दा चल्छ । उनीहरुले अनलाइन सट्टेबाजी गरेजस्तो पनि देखिन्छ । त्यस्तै, युरो, डलरलगायत विभिन्न मुलुकको गरेर झण्डै नेपाली रुपैयाँ एक करोड बरामद भएको छ । हामी छानबिन गरिरहेका छौं ।’

टिप्पणीहरू