मन्दिर छेउमा हतियारसँगै मृगको मासु

मन्दिर छेउमा हतियारसँगै मृगको मासु

सप्तरीमा हर्नेट बन्दुक र मृगको मासुसहित एक जना समातिएका छन् । 

राजविराज नगरपालिका–५ बस्ने ४६ वर्षीय शैलेन्द्रकुमार झालाई इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलीले आज बिहान हनुमाननगर कंकालनी नगरपालिका–२, वैष्णदेवी मन्दिर नजिकबाट नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार उनको साथबाट एक थान हर्नेट बन्दुक, त्यसमा लाग्ने छ थान गोली, दुइटा म्यागजिन, मृगको मासु ३५ किलो र एउटा दूरविन बरामद भएको छ । झाले वन्यजन्तु शिकार गरेको अनुमान गरेको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

टिप्पणीहरू