चिट काट्न खोजेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

चिट काट्न खोजेका ट्राफिक प्रहरीमाथि छुरा प्रहार

सर्लाहीको नवलपुरमा ड्युटी गरिरहेका एक ट्राफिक प्रहरीमाथि छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका–३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत प्रमोद महतोलाई छुरा हानिएको छ ।

आज बिहान १० बजेको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत ट्राफिक कार्यालय अगाडि नियमित चेकजाँचमा खटिएका उनलाई ना.१९ प २५५५ नम्बरको मोटरसाइकल चालक यमामुदिन देमानले छुरा प्रहार गरेको जिल्ला प्रहारी कार्यालय सर्लाहीले जनाएको छ । 

चालक देमानसँग मोटरसाइकलको कागज पत्र नभएपछि ट्राफिक प्रहरी जवान महतोले चिट काट्न खोजेका थिए । सोही क्रममा चालकले उनलाई छुरा प्रहार गरेको बताइएको छ । 

देमानलाई पक्रेर लालबन्दी प्रहरीको हिरासतमा राखिएको छ । प्रहरीले उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । घाइते ट्राफिक प्रहरी महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको छ । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।

टिप्पणीहरू