नाइट्राभेट बोकेर सीमा कटेका दुईभाइ भन्सार चोकमा पक्राउ

नाइट्राभेट बोकेर सीमा कटेका दुईभाइ भन्सार चोकमा पक्राउ

सप्तरीमा लागूऔषधसहित दुई युवक समातिएका छन् । तिरहुत गाउँपालिका–५, लोहजरा बस्ने २१ वर्षीय विनोद मण्डल र २६ वर्षे भोले मण्डललाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

प्रहरी चौकी तिलाठीबाट खटिएको टोलीले आज बिहान उनीहरुलाई तिलाठी कोईलाठी गाउँपालिका–१, भन्सार चोकबाट नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुको शरीर खानतलास गर्ने क्रममा लागूऔषध फेला परेको हो । 

उनीहरुको साथबाट १७ ट्याब्लेट नाइट्राभेट बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसधान भइरहेको छ ।

टिप्पणीहरू