झापाको बुद्धशान्तिमा मजदूरको हत्या

झापाको बुद्धशान्तिमा मजदूरको हत्या

झापाको बुद्धशान्ति ३ स्थित पाथीभरा ब्लक उद्योगमा कार्यरत एक जना मजदूको हत्या भएको छ । पाँचथरको हिलिहाङ नागीका ३५ वर्षीय विक्रम सेनेहाङको हत्या भएको बताइएको छ ।

उनको झापाको सिवशताक्षी–८ पोखरीका १९ वर्षीय मिलन पुरकोटीले हत्या गरेको प्रहरीले जनाएको छ । परकोटी पनि सोही उद्योगमा काम गर्दै आएका थिए ।

सामान्य विवादको क्रममा हिजो साँझ पुरकोटीले सेनेहाङलाई काठको मुङ्ग्रो र फलामको हमरले टाउकोमा हानेर गम्भीर घाइते बनाएका थिए । सेनेहाङको उपचारको क्रममा बिर्तामोडको बीएण्डसी अस्पतालमा आज निधन भएको हो ।

हत्यामा संलग्न पुरकोटीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता, प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

टिप्पणीहरू