पाँचथरमा छिमेकीले भरुवा बन्दुक चलाए

पाँचथरमा छिमेकीले भरुवा बन्दुक चलाए

पाँचथरमा भरुवा बन्दुकको छर्रा लागेर एकजना घाइते भएका छन् । फिदिम नगरपालिका–११, फलाँटे, तिरुवाखालका ५३ वर्षीय मेघराज आङ्बो भरुवा बन्दुकको छर्रा लागेर घाइते भएको बताइएको छ ।

फेमे खोलामा अवस्थित जलविद्युत आयोजनामा काम गर्दै आएका उनलाई ड्युटीमा जाने क्रममा स्थानीय ४५ वर्षीय भीम भन्ने भोगेन्द्र घिमिरेले बिहीबार भरुवा बन्दुकले हानेका थिए ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका अनुसार घाइते आङ्बोलाई थप उपचारका लागि झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पताल रिफर गरिएको छ । 

त्यस्तै, बन्दुक चलाउने घिमिरेलाई एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको जनाइएको छ । आपसी विवादमा उनले आङ्बोलाई बन्दुकले हानेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
 

टिप्पणीहरू