किसानको घरमा जुवाको खाल, एक दर्जन जुवाडे पक्राउ

किसानको घरमा जुवाको खाल, एक दर्जन जुवाडे पक्राउ
सुन्नुहोस्

कास्कीमा जुवा खेलिरहेका एक दर्जन जुवाडेलाई प्रहरीले खालैबाट नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका–११, धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको खाजा घरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा उनीसहित पाँच जना पक्राउ परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको साथबाट ७२ हजार २२५ रुपैयाँ नगद, खेलमा प्रयोग हुने १६ वटा गोटी र एउटा डाइस बरामद गरेको प्रहरीले जनाएको छ । 

यस्तै, पोखरा महानगरपालिका–१२, प्रगति टोल बस्ने तनहुँका ६६ वर्षीय नरबहादुर गुरुङ पनि जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ गुरुङलाई आफ्रनै कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित सात जनालाई नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट प्रहरीले ६६ हजार ४३५ रुपैयाँ नगद र चार तासबुक बरामद गरेको छ । हाल दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
 

टिप्पणीहरू