ठमेलमा चिनियाँ नागरिकको लास फेला

ठमेलमा चिनियाँ नागरिकको लास फेला

राजधानीको ठमेलमा एक चिनियाँ नागरिक मृत भेटिएका छन् । काठमाडौं महानगरपालिका–१७ ठमेल,क्वाबहालस्थित नेपालय होम होस्टलमा चिनियाँ नागरिक ४७ वर्षका बाओ गुआंङ्ग मृत भेटिएका हुन् । 

हिजो बेलुकी सवा ५ बजे होटलको दोस्रो तलाको कोठा नं. ए–६ मा उनी सुतिरहेकै ठाउँमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । 

पासपोर्ट नम्बर ईडी ०९०३६९२ भएका उनी गत माघ १० गतेदेखि होटलमा बस्दै आएको पाइएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

टिप्पणीहरू