कसैलाई अर्बौं दण्ड,कसैलाई जेल,केहीको सम्पत्ति जफत

कसैलाई अर्बौं दण्ड,कसैलाई जेल,केहीको सम्पत्ति जफत

सम्पत्ति शुध्दिकरणमा दोषी ठहर भएका नेकपा एमालेका पूर्वसांसद तथा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद र १ अर्ब ७२ करोड रुपैयाँ जरिवाना तोकिएको छ । विशेष अदालतले आज सजाय निर्धारण गर्दै उक्त फैसला गरेको हो। 

त्यस्तै, तामाङकी श्रीमती सृजना शाक्यबाट १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो भराई डेढ वर्ष कैद सजाय हुने अदालतले ठहर गरेको छ । सहकारी ठगी प्रकरणमा जोडिएका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई १ वर्ष ६ महिना कैद सजायसँगै उनीबाट २५ करोड ६५ लाख ८६ हजार १ सय २४ रुपैयाँ बिगो भराउने फैसला अदालतले गरेको छ । 

तामाङ दम्पत्तिसँगै छोरीहरु प्रतीक्षा र प्रतिष्ठा तथा सहकारीका अध्यक्ष केशव र मिना श्रेष्ठको नाममा रहेको सम्पत्ति पनि जफत हुने फैसलामा उल्लेख छ ।

सहकारीका बचतकर्ताको रकम अपचलन गरेपछि ठगी आरोपमा पक्राउ परेका सिभिलका तत्कालिन अध्यक्ष तामाङ र श्रेष्ठ अदालतको आदेशमा २०७८ पुस १४ देखि थुनामा छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

टिप्पणीहरू