नर्सरीमा किशोरीमाथि सामूहिक बलात्कार, खाली घरमा बालिका

नर्सरीमा किशोरीमाथि सामूहिक बलात्कार, खाली घरमा बालिका

दाङमा १५ वर्षकी किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर नगरपालिका–१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरीसहित दुई जनालाई प्रहरीले बलात्कारको आरोपमा नियन्त्रणमा लिएको छ । 

उनीहरुले अस्ति राति ती किशोरीलाई ललाईफकाई गैरागाउँस्थित नर्सरीमा लगेर करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले हिजो दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उता बागलुङमा १३ वर्षीया बालिकालाई बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा काठेखोला गाउँपालिका–८, लेखानीका ४० वर्षीय होमबहादुर पुनलाई प्रहरीले पक्रेको बताइएको छ । 

हिजो बिहान ती बालिकालाई ललाईफकाई स्थानीय कर्लिमस्थित खाली घरमा लगेर पुनले करणी गरेका थिए । पीडित बालिकाको परिवारको लिखित उजुरीका आधारमा प्रहरी चौकी धम्जाबिहुँबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । 

त्यसैगरी झापामा ३७ वर्षीया महिलामाथि जबरजस्ती करणी भएको छ । मेचीनगर नगरपालिका–९ मा बस्दै आएका भारतीय नागरिक ५० वर्षीय अजय गुप्ता करणीको आरोपमा पक्राउ परेका छन् । 

उनले गएराति ती महिलालाई करणी गरेका हुन् । इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको छ । ती सबै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

टिप्पणीहरू