आइटी पार्क नजिकै तीन क्विण्टल गाँजा

आइटी पार्क नजिकै तीन क्विण्टल गाँजा

काभ्रेपलाञ्चोकमा ठूलो परिमाणमा गाँजा फेला परेको छ । पनौती नगरपालिका–५, आईटी पार्क नजिकैबाट दुई सय ८५ केजी गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको बालाजु बस्ने रामेछापका ३५ वर्षीय बुद्धमान तामाङ, २० वर्षीय सञ्जिव तामाङ र ५३ वर्षीया विमला तामाङ पक्राउ परेको बताइएको छ । 

प्रहरी चौकी पनौतीबाट खटिएको टोलीले बिहान पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा.६ च २९६ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला पारेको हो । 

प्लास्टिकको ७३ वटा बोरामा राखिएको उक्त गाँजा फेला परेपछि चालक बुद्धमान र गाडीमा सवार सञ्जिव र विमलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइन्छ ।

टिप्पणीहरू