अस्पताल छेउमा समातिएका भारतीयको साथमा खैरो हिरोइन

अस्पताल छेउमा समातिएका भारतीयको साथमा खैरो हिरोइन

मोरङमा लागूऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । ठेगाना नखुलेका २६ वर्षीय सहजाल अली र अर्का एक जनालाई प्रहरीले खैरो हिरोइनसहित समातेको हो । 

ईलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले हिजो साँझ विराटनगर महानगरपालिका–१३ विराटनगर आँखा अस्पताल छेउबाट उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ । 

चेकजाँचका क्रममा उनीहरुको साथबाट ९ ग्राम ९ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको प्रहरीले बताएको छ ।
 

टिप्पणीहरू