भागेर लण्डन पुगेका सहकारी अध्यक्षविरुद्ध रेड नोटिस

भागेर लण्डन पुगेका सहकारी अध्यक्षविरुद्ध रेड नोटिस
सुन्नुहोस्

ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ । ठगीसम्बन्धी कसूरका फरार प्रतिवादी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरेर पक्राउका लागि रेड नोटिस जारी भएको बताइएको छ ।

उनीविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अपराध अनुसन्धान विभागको ईन्टरपोल शाखालाई गत बिहीबार पत्राचार गरेको थियो । शुक्रबारका दिन ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको शाखाले जनाएको छ । 

सहकारीको अर्बौं रकम हिनामिना गरेपछि फरार भएका उनीविरुद्ध बचतकर्ताहरुले सीआईबीमा उजुरी दिएका थिए । त्यस्तै, उनलाई ईन्टरपोलमार्फत पक्रेर नेपाल ल्याउन र निक्षेपकर्ताको लगानी सुरक्षित गराउन बाग्मती प्रदेशको सहकारी विभागले समेत सिआईबीलाई पत्राचार गरेको थियो ।

महर्जन हिनामिना गरिएको करोडौं रुपैयाँ लिएर लामो समयदेखि बेलायतको राजधानी लण्डनमा बस्दै आएका छन् ।
 

टिप्पणीहरू