विवाहको आश्वासनमा १६ वर्षीयामाथि लगातार करणी

विवाहको आश्वासनमा १६ वर्षीयामाथि लगातार करणी

दाङमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा घोराही उपमहानगरपालिका–१२ का १६ वर्षीय किशोर पक्राउ परेको जनाइएको छ ।

उनले किशोरीलाई विवाह गर्ने आश्वासनमा फकाउँदै आफ्नो घरमा राखेर लगातार करणी गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । किशोरीको पेटमा गर्भ समेत रहेको पाइएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले ती किशोरलाई नियन्त्रणमा लिएको हो । अदालतबाट पाँच दिनको म्याद थपको अनुमतिपछि उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू