गोलीसहितको पेस्तोल बाकेर ब्राउनसुगर किनबेच

गोलीसहितको पेस्तोल बाकेर ब्राउनसुगर किनबेच

प्रहरीले ललितपुरको चाँगाथलीबाट लागुपदार्थ कारोबारीहरुलाई पक्रेको छ । गोलीसहितको पेस्तोल बोकेर महालक्ष्मी नगरपालिका ७ मा रहेको लायोक कङ्दङ्वा (लिम्बू) को घरमा ब्राउन सुगरको कारोबार गरिरहेका चार जनालाई रंगेहात पक्राउ गरिएको बताइएको छ ।

प्रहरी नायव निरीक्षक सन्तोष बुढाथोकीको नेतृत्वमा खटिएको टोलीले उनीहरुको साथबाट झण्डै १७ ग्राम ब्राउनसुगर, दुई राउण्ड ९ एमएमको गोली, पेस्तोल, फलामको रड, एटीएम कार्डहरु बरामद गरेको छ । हिजो साँझदेखि प्रहरी बृत्त सात दोबाटोमा राखिएकामा स्थानीय ३१ वर्षीय सुरेश उप्रेती, घरबेटी लिम्बू, प्युठान घर भई भक्तपुरको सिरुटार बस्ने २५ वर्षे मनोज थापा र भारतको मधुवनी काठमाडौंको सिनामंगल बस्ने सञ्जय मेहता हुन् ।

टिप्पणीहरू