होटलमा प्रेमिका मार्ने अभियुक्तलाई भोलि सार्वजनिक गरिँदै

होटलमा प्रेमिका मार्ने अभियुक्तलाई भोलि सार्वजनिक गरिँदै

काठमाडौंका गौशालास्थित एक होटलमा प्रेमिकाको हत्या गरेका अभियुक्तलाई भोलि सार्वजनिक गरिँदै छ । विजयचोकस्थित सिरहा–धनुषा गेष्ट हाउसमा रामेछापकी २८ वर्षीया प्रमिला दमाई मृत भेटिएपछि उनका प्रेमी रहेको आशंका गरिएकालाई प्रहरीले पक्रेको छ । 

अस्तिदेखि होटलमा बसेका उनीहरुमध्ये दमाई हिजो बेलुकी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । महिला सिन्धुली घर र सन्दिप लामा नाम टिपाएका पुरुषसँग गेष्ट हाउसमा आएकी थिइन् । 

घटनामा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ समेत गरेको प्रहरीले जनाएको छ । उनलाई भोलि मात्र सार्वजनिक गरिने जनाइएको छ ।

टिप्पणीहरू