प्राथमिक शिक्षिकाको मार्कसिट नक्कली

प्राथमिक शिक्षिकाको मार्कसिट नक्कली
सुन्नुहोस्

कास्कीमा एक जना शिक्षिकाको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ । पोखरा महानगरपालिका ८ स्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षिका विन्दु गौतम शर्माविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत, काठमाडौंमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतममाथि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा उक्त पदमा नियुक्ति लिएको आरोप छ ।

विन्दुले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्को एसएलसीको नक्कली प्रमाणपत्र पेश गरी स्थायी शिक्षक पदमा नियुक्ति लिएको अख्तियारको आरोप छ । उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम आयोगले मुद्दा दायर गरेको हो ।
 

टिप्पणीहरू