ट्यांकरमा छ क्विन्टल गाँजा, दुई बृद्धसहित चार जना पक्राउ

ट्यांकरमा छ क्विन्टल गाँजा, दुई बृद्धसहित चार जना पक्राउ

धनकुटामा झण्डै छ सय किलो गाँजासहित चार जना पक्राउ परेका छन् । साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट प्रहरीले पाँच सय ९४ केजी गाँजासहित तीनजना भारतीय र एक नेपालीलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेहरुमा भारत घर भएका ४४ वर्षीय नईम खान, १८ वर्षीय किशोर, ७० वर्षीय लखन महत्तो र मोरङको रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन् । 

गएराति मुलघाटबाट विराटनगरतर्फ जाँदै गरेको को.१ ख ७३२२ नम्बरको डिजेल-पेट्रोल बोक्ने ट्यांकर चेकजाँच गर्ने क्रममा ट्यांकरको बीचको डिब्बा (केल) भित्र गाँजा लुकाइएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

टिप्पणीहरू