अदालतका अधिकृतमाथि बलात्कारको आरोप

अदालतका अधिकृतमाथि बलात्कारको आरोप

जिल्ला अदालत काठमाडौंका शाखा अधिकृत गोपाल गजमेरमाथि जबर्जस्ती करणीको आरोप लागेको छ । 

उच्च अदालत पाटनमा कार्यरत रहेका बखत गजमेरले बलात्कार गरेको भन्दै सहकर्मी महिला कर्चारीले प्रहरीमा उजुरी हालेकी हुन् । प्रहरीले उजुरी परेकै दिन गत आइतबार उनलाई पक्राउसमेत गरिसकेको छ । 

गजमेरलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिए । उनका अनुसार उच्च अदालत पाटनका एक कर्मचारीको जाहेरीका आधारमा पक्राउ गरिएको हो । 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको एसएसपी खनालले बताए ।

टिप्पणीहरू