'भ्यालेन्टाइन डे' मनाउन बोलाएर बलत्कार

'भ्यालेन्टाइन डे' मनाउन बोलाएर बलत्कार

'भ्यालेन्टाइन डे' मनाउन कोठामा बोलाएर नाबालिग बलात्कार गर्ने एक किशोर पक्राउ परेका छन् । 

सिराहाको लहान नगरपालिका-२ मा डेरा गरि बस्ने १८ बर्षीय निकेश यादवलाई बलात्कार आरोपमा प्रहरीले समातेको हो । उनले हिजो दिउँसो २ बजेतिर भ्यालेन्टाइन डे मनाउने भन्दै १५ वर्षीय नाबालिगलाई कोठामा लगेर जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

नाबालिकाको स्वास्थ्य अस्वभाविक देखिएपछि परिवारले साँझ सोधपुछ गरको थियो । उनले दिउँसोको घटना बताएपछि राती १२ बजे परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो ।  

प्रहरीका अनुसार अत्यधिक रक्तश्रावले नाबालिका बेहोस भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ । आरोपित युवकमाथि थप अनुसन्धान भैरहेको छ ।

टिप्पणीहरू