बलत्कार आरोपित जनप्रतिनिधि प्रहरी हिरासतमा

बलत्कार आरोपित जनप्रतिनिधि प्रहरी हिरासतमा

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ का एक जनप्रतिनिधि बलात्कार आरोपमा पक्राउ परेका छन् । 

स्थानीय एक महिलामाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले वडासदस्य पिल्चेबहादुर चौधरीलाई समातेको हो । ति महिलाले उनीविरुद्ध फागुन १ गते ईलाका प्रहरी कार्यालय, बेलडाँडीमा जाहेरी दिएकी थिइन् । 

आरोपित पिल्चेलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका सहायक प्रवक्ता प्रहरी निरीक्षक हर्षबहादुर चन्दले बताए । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । 

‘उहाँविरुद्ध फागुन १ गते राति जाहेरी परेको थियो । हिजो ईलाकाले उहाँलाई पक्राउ गरेको हो । उहाँ अहिले ईलाकाकै हिरासतमा हुनुहुन्छ । म्याद थप गरी अनुसन्धान भइरहेको छ’, उनले भने ।

वडा सदस्य पिल्चे गत स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् ।
 

टिप्पणीहरू