राम निमावि पोखराकी शिक्षिका बिन्दु गौतम अख्तियारको फन्दामा

राम निमावि पोखराकी शिक्षिका बिन्दु गौतम अख्तियारको फन्दामा
सुन्नुहोस्

शिक्षकजस्तो पवित्र पेशा र बेरोजगारीको बाध्यता । यस्तै भएको छ पोखराको एउटा सरकारी बिध्यालयमा ।

पोखरा ८ सिर्जनाचोकस्थित राम निमाविमा कार्यरत स्थायी शिक्षक बिन्दु गौतम शर्माले जागिर खाँदा पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अख्तियारको छानविन बाट खुल्न आएको छ । 

शिक्षक गौतमले भारत  उत्तर प्रदेशको बोर्ड अफ हाइ स्कूलबाट उच्च  माविको नक्कली  इन्टरमिडिएट र नक्कली  एसएलसी सर्टिफिकेट पेश गरी अस्थायी  तथा स्थायी जागिर खाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भन्दै अख्तियारले बिशेष अदालत काठमाण्डौमा आरोपपत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को १६ (१) बमोजिम कसुर गरेकोले सोही ऐनको दफा १६ (१) बमोजिम सजाय माग दाबीसहित मुद्दा दायर गरिएको बताइएको छ ।

सरकारी तलब खाई शिक्षण सेवा गर्ने सामुदायिक बिध्यालयका शिक्षकबाटै कानुन बिपरित कार्य हुन्छ भने बिध्यार्थीले कस्तो शिक्षा लेलान् ? आफैले नेपालको परीक्षा पास गर्न नसकी भारतीय सर्टिफिकेट किनेर जागिर खान्छन् भने त्यो भन्दा बिडम्बना अरु के हुन सक्ला ?

टिप्पणीहरू