जिबीका जर्नेलहरु प्रहरी नियन्त्रणमा

जिबीका जर्नेलहरु प्रहरी नियन्त्रणमा

ऋषि भट्टराई

बचतकर्ताको एक अर्बभन्दा बढी  रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बचतकर्ताहरुको उजुरीपछि सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई नियन्त्रणमा लिइएको हो । सहकारीले राई अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण दिएको थियो ।‘अध्यक्ष गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रवार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर ईलाका प्रहरी कार्यालय बुटवलमा  अनुसन्धान अगाडि बढाइएको  प्रहरी नायब उपरीक्षक  विजयराज पण्डितले बताए । यो सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबहादुर (जिबी) राई हुन् । उनी २०७८ सम्म अध्यक्ष र उपाध्यक्ष थिए ।

रुपन्देहीलगायत आसपासका  १० हजार ३९१ जनाको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै वचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सामान्य ठेलामा फलफूल र तरकारी बेचेर बचत गरेकालाई  बिचल्ली पारेको सुपृम सहकारीको संस्थापक अध्यक्ष एवं संरक्षक जिबी राई सम्पर्कविहिन छन् ।

सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको छ । गुरुङले आफूले गलत नगरेको तर जिबी राईको कारण आफू फसेको पक्राउ पर्नुअघिदेखि बताउँदै आएका थिए ।

टिप्पणीहरू