जुवाको खालमा प्रहरीको छापा, दुई दर्जन जुवाडे समातिए

जुवाको खालमा प्रहरीको छापा, दुई दर्जन जुवाडे समातिए

काठमाडौँका विभिन्न स्थानबाट जुवाडेहरु समातिएका छन् । 

कीर्तिपुर नगरपालिका–६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवा खेलिरहेको अवस्थामा उनीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको टोलीले उनीहरुलाई हिजो दिउँसो नियन्त्रणमा लिएको हो । 

उनीहरुको साथबाट ३८ हजार ५९९ रुपैयाँ नगद र तीन तासबुक बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, कीर्तिपुर नगरपालिका–१ अमृतनगर बस्ने ५१ वर्षीय भक्तबहादुर राईको टहरामा पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई समातेको छ । 

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो दिउँसो ४५ हजार रुपैयाँ नगद र ९ तासबुकसहित नियन्त्रणमा लिएको जनाइएको छ।
 

टिप्पणीहरू