ट्रकमा लैजाँदै गरेको साढे पाँच क्विन्टल गाँजा चितवनबाट बरामद

ट्रकमा लैजाँदै गरेको साढे पाँच क्विन्टल गाँजा चितवनबाट बरामद
सुन्नुहोस्

चितवनमा साढे पाँच क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन् । 

धनकुटाको छथर जोरपाटे गाउँपालिका-३ घर भएका ३२ वर्षीय रमेशनाथ दाहाल र कपिलवस्तुको बुद्धभूमी नगरपालिका-४ का २५ वर्षे खुशीराम थारुलाई प्रहरीले ५४२ किलो गाँजासहित समातेको हो । उनीहरुलाई आज बिहान राप्ती नगरपालिका-३ स्थित पूर्व-पश्चिम राजमार्गबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

धादिङको मलेखुबाट ना ३ ख ६१२२ नम्बरको ट्रकमा लोड गरिएको गाँजा निकालेर ३९ वटा पोका बनाई ना ३ ख ७२४० नम्बरको ट्रकभित्र लुकाएर राखेको अवस्थामा बरामद गरेको ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक श्याममणी पोखरेलले जानकारी दिएका छन् । 

पक्राउ परेका दुवै जनाको बयान लिएर यस कार्यमा संग्लन अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू