विदेशी मुद्राको बिटो बोकेका पाकिस्तानीमाथिको अनुसन्धान जारी

विदेशी मुद्राको बिटो बोकेका पाकिस्तानीमाथिको अनुसन्धान जारी

अघिल्लो साता विदेशी मुद्राको बिटो बोकेर आएका दुई जना पाकिस्तानीमाथिको प्रहरी अनुसन्धान जारी छ । फागुन २ गते साँझ सवा ६ बजेको फ्लाई दुबईको उडानमा दुबईबाट आएका ४८ वर्षे यायीन अहमद र ३१ वर्षे मोहम्मद अदनान लखानीले पाँच लाख डेनिस क्रोनर बोकेर ल्याएका थिए ।

राहदानी नम्बर एचएफ ११६२४०३ का अहमद र एसी ८३४८२४३ वाहक लखानीले बोकेका झण्डै ९३ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा प्रहरीले विमानस्थलको भन्सार नजिकै बरामद गरेको थियो । 

त्यहाँबाट प्रहरी वृत्त गौशाला लगिएका पाकिस्तानीहरुमाथिको अनुसन्धान जारी रहेको जनाइएको छ ।
 

टिप्पणीहरू